विराटनगर : फ्रान्सका फरवार्ड करिम बेन्जेमाले आफ्नो देशले विश्वकपको फाइनलमा हारेसँगै सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने संकेत गरेका छन् ।
आन्जेमाले तिघ्राको चोटका कारण कतार विश्वकप गुमाएका थिए । विश्वकपको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले अनुरोध गरे पनि जान अस्वीकार गरेका थिए ।
“आज म जुन ठाउँमा छु, यहाँसम्म आइपुग्नका लागि प्रयास र गल्तीहरु गरेको छु । र, यसमा मलाई गर्व छ । मैले मेरो कथा लेखेँ र हाम्रो अन्त्य हुँदै छ,” बेन्जेमाले इन्स्टाग्राममा लेखेका छन् ।
बेन्जेमाले फ्रान्सका लागि ९७ खेल खेलेका छन् । जसमा उनले ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । बेन्जेमाले सन् २००७ मा फ्रान्सको टिमबाट ‘डेब्यू’ गरेका थिए ।