Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको कटारीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते



विराटनगर : उदयपुरको कटारी नगरपालिका-१० पालसिंहस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

सोमबार बिहान रुपाटारबाट कटारीतर्फ आउदै गरेको प्रदेश २(०१(००१ च ००५० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिन बहादुर सार्कीको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै ताप्ली गाउँपालिका२ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीय भुमिका श्रेष्ठ, ताप्ली ५ का २३ वर्षीय सुमित्रा गिरी र ताप्ली ४ का ४५ वर्षीय झगड बहादुर विश्वाकर्मा घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।

प्रहरीले बोलेरो चालक ईश्वर नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार