Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन्। आज (साेमबार) बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

लामिछाने चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कुल २० सिट प्राप्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार