Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप जितेपछि मेस्सीले भने – ‘मैले धेरै पटक यो सपना देखेको थिए’



विराटनगर : लियोनल मेस्सीले आइतबार लुसेल स्टेडियममा अर्जेन्टिनालाई फिफा विश्वकप २०२२ को उपाधि जिताएपछि आफ्ना प्रशंसकहरूका लागि एउटा भावनात्मक सन्देश लेखेका छन् ।

आइतबार भएको फाइनलमा साबिक विश्वविजेता फ्रान्सलाई हराउँर्द लियोनल मेस्सीले आफ्नो करियरको बाँकी रहेको एकमात्र ट्रफी अन्ततः हात पारेका छन् । रोमाञ्चक भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउन पेनाल्टी सुटआउटसम्म पर्खनुपर्‍यो।

खेलपछि मेस्सीले उत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बल पनि पाए । योसँगै उनी दोस्रो पटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बनेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर भएका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ र एन्जो फर्नान्डेजले उत्कृष्ट युवा खेलाडी घोषित भए। यस्तै आठ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए।

उपाधि जितेपछि इन्स्टाग्राममा आफ्ना फ्यानहरूका लागि भावुक सन्देश लेख्दै विश्वकप जित्ने आफ्नो सपना रहेको मेस्सीले बताएका छन् । ‘विश्व च्याम्पियन….धेरै पटक मैले यो सपना देखेको छु’, मेस्सीले भने, ‘मेरो परिवारलाई र मलाई समर्थन गर्ने सबैलाई र हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

उनले अर्जेन्टिनावासीहरू सँगै लड्दा र एकताबद्ध हुँदा आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुन्छन् भन्ने कुरा पुनः एकपटक प्रमाणित गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार