Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अर्जेन्टिनाका मार्टिनेज उत्कृष्ट गोलकिपर र फर्नान्डेज उत्कृष्ट युवा खेलाडी



विराटनगर : फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाका इमिलियानो मार्टिनेज उत्कृष्ट गोलकिपर र अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको गोल्डेन ग्लोभ्स पाएका हुन् ।

२१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले ३६ वर्षयता विश्वकपको उपाधि जित्न सकेको थिएन् । तर, आइतबार कतारको लुसैल रंगशालामा साविक विश्वविजेताफ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।

अर्जेन्टिनालाई जिताउन महत्त्वपूर्ण खेलमा नायक बनेका मार्टिनेजले प्रतियोगिताभर तीन पेनाल्टी बचाएका छन् । उनले फाइनलअघि नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल खेलमा दुई पेनाल्टी बचाएका थिए ।

यस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल र फ्रान्सका काइलियन एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार