Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एम्बाप्पेले गोल्डेन बुट जित्दा लियोनल मेस्सी बने उत्कृष्ट खेलाडी



विराटनगर : ३५ वर्षीय लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जितेको छ ।

व्यक्तिगत दुई गोल गर्दै मेस्सीले खेल जिताउन महत्वपूर्ण योगदान गरे । मेस्सीले जारी प्रतियोगिताको सात खेलमा सात गोल गरेका छन् । योसँगै एउटै विश्वकपको प्रत्येक राउण्डमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । सन् २०१४ मा पनि यो अवार्ड जितेका मेस्सी दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो खेलाडी हुन्।

तर, फाइनल खेलमा ह्याट्रिकसहित प्रतियोगितामा ८ गोल गर्दै फ्रान्सका एम्बाप्पे सर्वाधिक गोलकर्ता बनेका छन् । सन् १९६६ मा इङ्ल्यान्डले पश्चिम जर्मनीलाई हराउँदा सर ज्योफ हर्स्टले ह्याट्रिक गरेका थिए ।

विश्वकपमा आफ्नो कुल गोल संख्या १२ पुर्‍याएका एमबाप्पे प्रतियोगितामा दोहोरो अंकमा पुग्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। एम्बाप्पेले प्रतियोगितामा गोल्डेल बुटको उपाधि हात पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार