Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटायो



काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ। यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो।

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो।

नेपाल समय

प्रतिक्रिया
सम्बन्धित समाचार