काठमाडौं । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता खारेज गरेको छ । गत असोज १२ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर लागु गरिएको थियोे ।निर्वाचनको सबै मतपरिणम सार्वजनिक भइसकेपछि आयोगले आचारसंहिता खारेज गरेको हो ।
आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।