Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरको कटारीमा टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते



विराटनगर : उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् । टिपरको ठक्करबाट सोही ठाउँका ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेम बहादुर पौडेल रहेका छन् ।

घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन् ।

खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको टिपरले पैदल हिँडिरहेका २ जनालाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार