Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिवाकोटीलाई ३१७ मतान्तरले हराउँदै दोलखामा माओवादीका गंगा कार्की विजयी



विराटनगर : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराउँदै कार्की प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

कार्की ३६ हजार ७९९ मत ल्याई विजयी भएका हुन् । पराजित भएका शिवाकोटीले ३६ हजार ४८२ ले मत ल्याएका छन् ।

यस्तै दोलखा प्रदेशसभा (क) मा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा (ख) मा नेकपा एमालेका भरत केसी विजयी भएका छन् । दोलखामा समानुपातिक गणना भने जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार