विराटनगर : मोरङको रतुवमाई नगपालिका–१०, देविस्थानमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा नव गठित विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय परिसरमा सरसफाइ, वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।
आइतबार अनेरास्ववियु महेन्द्र मावि कमिटीकी अध्यक्ष सन्ध्या पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यार्थीको चौतर्फी विकास गर्न र विद्यालयलाई स्वच्छ बनाउन सरसरफाइ तथा बगैँचा निर्माण गरेको अनेरास्ववियु मेहेन्द्र माविकी सचिव रिया घिमिरेले जानकारी दिइन् ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अनेरास्ववियुले संचालन गर्ने हरेक रचनात्मक सबै विद्यार्थीहरु सहभागी हुन आग्रह घिमिरेले आग्रह गरेकी छिन् ।