जनकपुर । धनुषा ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
महासेठले ३२ हजार २ सय ३६ मत पाएर विजय हासिल गर्दा कांग्रेसका यादव ३२ हजार १ सय १२ मत पाएर हारे ।
महासेठ १ सय २४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन आयाेगले आधिकारिक परिणाम घाेषणा गर्न भने बाँकी छ ।