Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमालेका कुसियैतको अग्रता कायमै



विराटनगर : सुनसरी क्षेत्र नं ४ मा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ११७७ मतले पछि पार्दै कुसियैतले अग्रता बनाएका हुन् ।

कुसियैत १७ हजार १४१ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी कार्की १५ हजार ९६४ मतका साथ दोस्रो स्थानमा छन् ।

प्रदेशसभातर्फ भने दुवै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । सुनसरी ४(१) मा नेपाली कांग्रेसका उम्मेदवार सदान्नद मण्डल ८८०२ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका परशुराम बस्नेतले ७२३९ मत ल्याएका छन् ।

सुनसरी ४(२) मा इस्राईल मन्सुरी ७२८४ मत ल्याइ अग्रस्थानमा छन् । एमालेका अब्बास अंसारीले ६१२६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार