Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समानुपातिकतर्फ प्रदेश १ मा एमाले पहिलो, दोस्रो कांग्रेस



विराटनगर : प्रदेशगत समानुपातिक मत परिणाममा नेकपा एमाले प्रदेश १ मा पहिलो स्थानमा छ । अहिले परिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार बेलुका ७ बजेसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले १ लाख ४० हजार ४६४ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख २६ हजार ५५० मत पाएको छ ।

समानुपातिकतर्फको तेस्रो स्थानमा नेकपा माओवादी रहेको छ । माओवादीले ४८ हजार ९६६ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ४६ हजार ८५७, पाँचौँ स्थानमा रहेको जसपाले २१ हजार ९४४ र छैटौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० हजार ३५२ मत पाएको छ ।

सातौं स्थानमा रहेको जनमत पार्टीले ६ हजार ७७१ मत पाएको छ । आठौँ स्थानमा रहेको हाम्रो नेपाल पार्टीले ६ हजार ३२२ मत पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार