विराटनगर : मोरङ क्षेत्र नम्बर ५ मा दुई गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । २१ हजार ८२० मतका साथ योगेन्द्र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादीका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवलाई चार हजार बढी मतान्तरले पराजित गरेका हुन् । माओवादी मण्डलले १७ हजार ४८६ र जसपाका यादवले १७३९० मत ल्याएका छन् ।
एमालेबाट टिकट पाउने आशासहित चुनावको तयारीमा होमिएका योगेन्द्रलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएका थिए । नेकपा एमालेले अन्तिम समयमा जसपासँग चुनावी तालमेल गरेपछि यो क्षेत्र जसपाको भागमा परेको थियो ।