विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता बनाएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुजता कोइरालाई ८८१ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।
पछिललो मत परिणाम अनुसार पोखरेल २० हजार ५६५ का साथ अग्रस्थानमा छन् । कोइरालाले १९ हजार ६८४ मत ल्याएर पछ्याइरहेकी छिन् ।
प्रदेश (१) मा नेकपा माओवादीका गणेश उप्रेती ‘शुशील’ अग्रस्थानमा छन् । उनले नेकपा एमालेका दानबहादुर कार्कीलाई झिनो मतान्तरले पछि पारेका छन् । उप्रेतीले ८ हजार ८६५ र कार्कीले ८ हजार ५८७ मत ल्याएका छन् ।
यस्तै प्रदेश (२) मा एमालेका लिलाबल्लध अधिकारी १२ हजार ४३२ मतका साथ अग्रस्थानमा छन् । नेपाली कांग्रेसका विनोद कार्कीले १० हजार ९२१ मत ल्याएर अधिकारीलाई पछ्याइरहेका छन् ।