विराटनगर : झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
लिङ्देन ४०६४८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी सिटौलालाई ३२७६ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । पराजित भएका सिटौलाले ३७३७२ मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।