Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अपराजित यात्रा जोगाउन गच्छदारलाई सकस, दोब्बर मतले भगवती अघि



विराटनगर : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम गरेकी छिन् । आफूलाई लगातार दुई पटक पराजित गरेका नेपाली कांग्रेसका विजयकुमार गच्छदार र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीलाई पछि पार्दै उनले अग्रता कायम गरेकी हुन् ।

निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार चौधरीले ८ हजार ६२ मत मत ल्याई अग्रस्थानमा छिन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल बाबु मैनाली ४ हजार ५८२ मतका साथ दोस्रो स्थानमा छन् । भगवतीलाई लगातार दुई पराजित गरेको कांग्रेसका गच्‍छदार तेस्रो स्थानमा छन् । उनको मत ४ हजार ५६३ रहेको छ ।

२०४८ सालबाट चुनावमा भाग लिएका गच्छदार अपराजित नेता हुन्। पार्टी बदले पनि उनले हरेक चुनावमा जित्दै आएका छन्। २०४८, २०५१, २०५६ र २०७४ का चुनावमा गच्छदार कांग्रेसबाट विजयी भए। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट र ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उनी विजयी भएका थिए।

२०७० र २०७४ को निर्वाचनमा सुनसरी ३ बाट गच्छदारले चौधरीलाई लगातार पराजित गरे । २०७४ मा ३२१ को झिनो मतान्तरले भगवतीले चुनाव हारेकी थिइन् । सुरुवाती मत परिणाम र मतको अवस्था हेर्दा अपराजित गच्छदारको यात्रामा ब्रेक लाग्न सक्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार