Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङ (१) मा एमालेका तिलकुमार मेन्याङबो विजयी



विराटनगर : ताप्लेजुङको प्रदेशसभा (१) मा नेकपा एमालेका तिलकुमार मेन्याङबो विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका खेमबहादुर वनेमलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मेन्याङबो १२ हजार ७७२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी वनेमले ८ हजार ७३३ मत ल्याएका छन् ।

यस्तै प्रदेश (२) मा नेपाली कांग्रेसका खगेनसिङ हाङगाम निर्वाचित भएका छन् । एमालेका गोपाल थोप्रालाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएका हाङगामले १० हजार ४९६ र थोप्राले ९ हजार २४८ ल्याए ।

प्रतिनिधिसभामा एमालेका योगेशकुमार भट्टराई २१ हजार ९४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गरेका हुन् । पराजित खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार