विराटनगर : मोरङ क्षेत्र नमबर ६ को प्रदेशसभा (१) मा नेकपा एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका छन् । आचार्य १६८२ को मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार आचार्यले १९ हजार ४५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वनदी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत ल्याइन् ।
२०७४ को निर्वाचनमा यही क्षेत्रबाट आचार्य नेपाली कांग्रेसका चुमनारायण तबदारसँग पाराजित भएका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ‘ज्वाइँ’ हुन् ।