विराटनगर : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।
उनी २८ हजार ६९७ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपालले २६ हजार ४४१ मत ल्याएका छन् ।
यस्तै गठबन्धनका माओवादी उम्मेदवार हरिकुमार राना मगरले १३ हजार ९२४ मत ल्याए ।