Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गुरुराज घिमिरेलाई विराटनगर-१९ को भर



विराटनगर : बेलबारी वडा नम्बर ७ को मत गणना सकिँदा मोरङ ४’क’ मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी अगाडी छन् । उनले कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले भन्दा ३४९ मत ल्याएका छन् ।

निर्वाचन आयोगका पछिल्लो मत विवरणअनुसार चौधरीले १४ हजार ५७१ मत र घिमिरेले १४ हजार २२२ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका नेता घिमिरेलाई अब विराटनगर महानगरपालिका वडा नम्बर १९ को भर हुने भएको छ । विराटनगर १९ मा २७०३ मत खसेको छ । यो वडा स्थानीय तहको चुनावमा एमालेले जितेको छ ।

नेविसंघमा घिमिरे सभापती हुदाँ गगन थापा महामन्त्री थिए । गगन प्रतिनिधिसभामा निर्वाचित भएर प्रधानमन्त्रीको दावी गर्ने तयारीमा रहँदा घिमिरेलाई चुनाव जित्न हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार