Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुर २(२) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित



विराटनगर : उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (२) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन् । १२ हजार ६२७ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत ल्याए ।

खत्री २०७४ को निर्वाचनमा यही क्षेत्रका प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनलाई नेकपा एमालेकी कला घलेले पराजित गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार