विराटनगर : मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका अमृत अर्यालले अग्रता लिएका छन् । निर्वाचन अयोगले दिएको पछिल्लो जानकारी अनुसार अर्यालको मत ६५२२ रहेको छ ।
उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका जयराम यादवले ३९१४ मत ल्याएका छन् । यादव २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रदेश ‘क’ मा भने नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भइसकेका छन् ।