विराटनगर : उदयपुर क्षेत्र नम्बर २ को प्रदेश (१) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर निर्वाचित भएका छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनी ८ हजार १०५ मतका साथ विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन् । राईले ८ हजार ७० मत ल्याएका छन् ।
यस्तै क्षेत्र २(२) मा नेपाली कांग्रेसका रामकुमार खत्रीले ६३३१ मत ल्याएका छन् । एमालेका जिवनाथ दाहालले ५१२३ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्। उनले नेकपा (एस) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।
रायमाझीले १५ हजार २ सय ५१ मत र खतिवडाले १२ हजार ८ सय ९३ प्राप्त गरेका छन् ।