विराटनगर : मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार मण्डलले १० हजार ७०४ मत ल्याएर अग्रस्थानमा छन् ।
नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका मण्डलले निरन्तर अग्रता कायम राखेका छन् । नेकपा एमालेले जसपासँग तालमेल गरेपछि यो क्षेत्र जसपाको भागमा परेको थियो ।
यस्तै सत्ता गठबन्धनका माओवादी उम्मेदवार दोस्रो स्थानमा छन् । उनले ७ हजार ३८८ मत ल्याएका छन् । एमालेसँगको तालमेलबाट उम्मेदवार बनेका जसपाका राजकुमार यादव ५८८१ मत ल्याएर तेस्रो स्थानमा छन् ।
मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा भने नेपाली गयानन्द मण्डल निर्वाचित भएका छन् । उनी १४ हजार ८४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले ८ हजार ९०९ मत ल्याएका छन् ।