विराटनगर : प्रदेश १ मा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । कांग्रेसले प्रदेशसभामा जित निकाल्दै प्रदेशमा खाता खोलेको हो ।
मोरङ क्षेत्र नम्बर ५ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रसका गयानन्द मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उनी १४ हजार ८४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले ८ हजार ९०९ मत ल्याएका छन् ।