विराटनगर : मोरङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायम राखेका छन् । उनले ४५५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु ३७४९ ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल श्रेष्ठले २०६१ र राप्रपाका होमनाथ गौतमले १२७७ मत ल्याएका छन् ।
क्षेत्र नं २ मा एमालेका ऋषिकेश पोखरेल ५७४२ मतका साथ पहिलो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला ५४३७ मत ल्याएर पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र न्यौपानेले ६५९, राप्रपाका गोपाल दाहालले ३६६ मत ल्याएका छन् ।
मोरङ क्षेत्र नं ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ६४२३ मत ल्याई अग्रस्थानमा छन् । उनलाई एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले ३३७८ मत ल्याएर साथ दोस्रो स्थानमा रहँदा राप्रपाकी रेखा थापा १६२२ मतका साथ तेस्रो स्थानमा छिन् ।
क्षेत्र नं ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अग्रस्थानमा छन् । उनले १०१५७ मत ल्याउँदा एमालेका विनोदप्रसाद ढकाल ६५८८ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम राखेका छन् । उनले ८५९४ मत पाएका छन् । माओवादीका शिवकुमार मण्डलले ५७६४ मत ल्याएका छन् भने जनता समाजवादीका राजकुमार यादवले ५१८९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६ मा अग्रता बनाएका छन् । कोइरालाले ५०८२ र उनका प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले ४४४० मत ल्याएका छन् ।