विराटनगर : मोरङ क्षेत्र नम्बर १(१) मा नेकपा एमालेका उमाकान्त गौतमले अग्रता लिएका छन् । उनले ४१६५ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी नेकपा माओवादीका कुशल साम्बाले २८४७ मत ल्याएका छन् । राप्रपाका पूर्ण बाइवाले २४५९ मत ल्याएका छन् । क्षेत्र नम्बर १(२) मा मतगणना सुरु भएको छैन् ।
मोरङ २(१) मा नेकपा माओवादीका गणेश उप्रेतीले अग्रता बनाएका छन् । उप्रेतीले २७३८ मत ल्याउँदा एमालेका दानबहादुर कार्कीले २४९९ मत ल्याएका छन् ।
२(२) मा एमालेका लिलाबल्लभ अधिकारी अग्रस्थानमा छन् । उनले ३३२५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद कार्कीले २६३४ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ३(१) मा नेपाली कांग्रेसका मानबहादुर लिम्बू ७४५३ मतका साथ अग्र्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिलिप राईले ६७६३ मत ल्याएर पछ्याइरहेका छन् । २६८४ मत ल्याएर राप्रपाका तिर्थ गुरुङ तेस्रो स्थानमा छन् । ३(२) को मतगणना सुरु भएको छैन् ।
४(१) मा नेपाली कांग्रेसका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन् । उनी ७८३२ मतका साथ अग्रस्थानमा छन् । एमालेका जयप्रकाश चौधरी ७६७५ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ५(१) मा कांग्रेसका गयानन्द मण्डल गनगाई १३०६५ मतका साथ अगाडी छन् । उनलाई नेकपा एमालेका सन्तोष शाहले ८३२२ मत ल्याएर पछ्याइरहेका छन् । ५(२)को मतगणना सुरु भएको छैन् ।
मोरङ ६(१) मा नेकपा एमालेकी रिता न्यौपानले अग्रता कायम राखेकी छिन् । उनले ५१९५ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका जीवन आचार्यले ३८७६ मत ल्याएका छन् । ६(२)को मतगणना सुरु भएको छैन् ।