Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ऋषिकेशलाई चार मतले पछि पार्दै अग्रस्थानमा सुजता



विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालाले चार मतले अग्रता लिएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार कोइरालाले ३५२६ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका ऋषिकेश पोखरेलले ३५२२ ल्याएका छन् । यसअघि पोखरेल अग्रस्थानमा थिए ।

मोरङ २(१) मा नेकपा माओवादीका गणेश उप्रेतीले अग्रता बनाएका छन् । उप्रेतीले १९७६ मत ल्याउँदा एमालेका दानबहादुर कार्कीले १८६९ ल्याएका छन् ।

२(२) मा एमालेका लिलाबल्लभ अधिकारी अग्रस्थानमा छन् । उनले ७४३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद कार्कीले ४२१ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार