विराटनगर : दुई संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले क्षेत्र नम्बर १ र एमालेले क्षेत्र नम्बर २ मा अग्रता बनाएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का अग्रस्थानमा छन् । उनले २५३४ मत ल्याएका छन् । यस्तै एमालेकी मन्जुकुमारी चौधरीले २२९० मतका ल्याएकी छिन् ।
यस्तै क्षेत्र नं २ मा भने एमालेले अग्रता बनाएको छ । एमालेका अम्वरबहादुर रायामाझी ८७१५ मत ल्याई अग्रस्थानमा छन् । उनलाई नेकपा एकिकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले ७५२१ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले ५५६४ मत ल्याएर तेस्रो स्थानमा छन् । राई नेपाली कांग्रसका क्षेत्रीय सभापतीसमेत हुन् ।
यस्तै प्रदेश १(१) मा नेकपा एमालेका कुशल वावु बस्नेत २४०३ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धि नेकपा माओवादीका राजन किराँती २४५२ मत ल्याउँदा राप्रपामा सुभास चन्द्र खड्काले ३०९ मत ल्याएका छन् ।
प्रदेश १(२) मा निवर्तमान संसद हिमाल कार्कीले अग्रता कायम गरेका छन् । उनले ३४१८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका ईश्वर मणि राउतले २७५९ मत ल्याएका छन् ।
क्षेत्र नम्बर २ को प्रदेशसभाको भने मतगणना सुरु भएको छैन् ।