Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



विराटनगर : प्रतिनिधिसभामा नेकपा एमालेले दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार