Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन निर्वाचित



विराटनगर : मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन निर्वाचित भएका छन् ।

२९ वर्षीय गौचनले एमालेका निवर्तमान सांसदसमेत रहेका ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका छन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन्। २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार