Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले नेता बगडियामाथि आक्रमणको प्रयास



विराटनगर : नेकपा एमालेका प्रदेश कमिटी सदस्य दिलिप बगडियामाथि गठबन्धनका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । बुधबार बेलुका मोरङको रतुवामाई-१ स्थित सोनापुरमा माओवादी र कांग्रेसका कार्यकर्ताहरुले बगडियामाथि आक्रमणको प्रयास गरेका हुन् ।

चुनावी अभियान सकेर घर फर्कने क्रममा बगडियाको गाडीसमेत उनीहरुले तोडफोड गर्न खोजेको एमालेले बताएको छ ।

मोरङ क्षेत्र नम्बर २ मा एमालेले जित्ने प्रवल सम्भावना भएपछि विपक्षीहरुले एमालेका नेतामाथि हातपात गर्न खोजेको एमालेले आरोप लगाएको छ । विपक्षीले आक्रमण गर्न खोजेपछि बगडिया सुरक्षाकर्मीको सहयोगमा त्यहाँबाट निस्किएका थिए ।

यो क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेल र गठबन्धनबाट कांग्रेसकी सुजता कोइराला चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभा ‘१’ मा एमालेका डिबी कार्की र माओवादीका गणेश उप्रेती उम्मेदवार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार