Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लोसपाका प्रदेशसभा उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज



सन्तोषकुमार मेहता

विराटनगर : निर्वाचन आयोगले सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट उम्मेदवार दिएका सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले बुधबार लोकतान्त्रिक समाजवादी नेपाल पार्टी (लोसपा) बाट उम्मेदवार बनेका मेहताको उम्मेदवार खारेज गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार