विराटनगर : बिपी कांग्रेसका नेता एवं पूर्व प्रशासक गणेश कार्कीले निर्वाचनपछि नेपाली कांग्रेस फुट्न सक्ने बताएका छन् । मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले कांग्रेसमा इमान्दार र निष्ठावान कार्यकर्ता पाखा लाग्दै गएको र पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेकाले पार्टी फुट्ने बताए ।
उनले भने, ‘कांग्रेसमा शेरबहादुर देउवाले विधि पद्धति सबै मिचेको र अहिलेको समिकरण चुनावपछि के हुन्छ भन्न सकिँदैन् ।’ देउवापत्नी आरजु देउवामा बढी महत्वकांक्षा भएको र यसले नै कांग्रेसलाई नोक्सान गर्ने उनले बताए ।
समानुपातिक उम्मेदवारसमेत रहेको कार्कीले कांग्रेसबाट विस्तारै ठुलो पंत्ति बिपी कांग्रेसमा आउने दावी गरे । बिपी कांग्रेसले देशभर प्रदेश र प्रतिनिधिसभा ७८ सिटमा उम्मेदवार दिएको उनले बताए ।