Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानमा जसरी पनि खानेपानीको व्यवस्था गरिन्छ : ओली



धरान : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानी समस्या समाधान गर्न नेकपा एमालेमात्रै सक्षम रहेको बताएका छन् ।

शुक्रबार धरानमा भएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई दीर्घकालिन समस्या समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताए । उनले धरानलाई खानेपानीको व्यवस्था सप्तकोशीको पानी पम्प गरेर वा लेउती सुरुङ बनाएर गर्ने बताए ।

धरान–५ नं.वडाको देउरालीको वस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बसोबासीलाई धनिपूर्जा दिइने उनले बताए । नेकपा एमाले र जसपाको तालमेल भएको हुनाले अशोक राईलाई एमालेले भोट दिन ओलीले एमाले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

नेकपा एमालेले अघि सारेको उम्मेदवारलाई जिताएर पठाउनुपर्ने भन्दै राष्ट्रिय आवश्यकताका लागि तालमेल गरिएको उनको भनाइ छ । उनले स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरुले विभिन्न नाममा चलखेल गरिरहेकोले जनता चनाखो हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार