Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ ३ ‘क’ : मानबहादुर लिम्बूले गराए मनोनयन दर्ता



विराटनगर : मोरङ ३ ‘क’ मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन्।

बेलबारी-८ का लिम्बूलाई नेपाली कांग्रेसले आजै मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्यको टिकट दिएको थियो।

लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन्।

यस क्षेत्रका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार