विराटनगर : नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । उम्मेदवारको निधन भएपछि आयोगले नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोगका अनुसार यो क्षेत्रमा नेपाली कांग्रेसले मात्र नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न पाउने छ ।
निर्वाचन आयोगको निर्णयअनुसार यस क्षेत्रमा नेपाली कांग्रेसले कार्तिक २४ गते मनोनय दर्ता गराउने छ । २५ गते उक्त उम्मेदवारविरुद्ध दावी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
मतदानको एकसाता अघि नै उम्मेदवारको निधन भएकाले तोकिएकै समय (मंसिर ४) मा चुनाव हुने आयोगले जनाएको छ ।
मोरङ ३‘क’ मा कांग्रेसबाट उम्मेदवार बनेका प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको नोमोनियाका कारण बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो ।
