Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वनमन्त्री तथा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन



विराटनगर : प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उपचारका क्रममा थापाको बुधबार विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।

मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

निमोनियाका कारण उनी गत असोज २४ गते विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरेपछि उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।

नोबेल अस्पतालको न्यूरो डिलक्स क्याबिनको बेड नम्बर ११ मा उपचार गराइरहेका थापा अक्सिजन बिना सास फेर्न नसक्ने अवस्थामा थिए ।

२०७४ को निर्वाचनमा उनी कांग्रेसको समानुपातिकबाट संसद बनेका थिए । यसपटक उनी प्रत्यक्षतर्फका उम्मेदवार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार