विराटनगर : नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर-३ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएपनि निर्वाचन तोकिएकै समयमा हुने भएको छ । निर्वाचन आयोगले नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढाएर तोकिएकै समयमा निर्वाचनको कार्यक्रम तय गर्ने भएको हो ।
निर्वाचन आयोगका प्रवत्ता शालीग्राम पौडेलका अनुसार अब यो क्षेत्रमा कांग्रेसले नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढाउने छ । उनले निर्वाचन ऐनअनुसार उम्मेलवार एक साता अघि नै निधन भएकाले नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमा नै चुनाव गर्ने जानकारी दिए ।
मृत्यु भएका उम्मेदवारको दलले मात्र नयाँ मनोनयन गर्न पाउने शर्माले बताए । उनले भने, ‘ नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछौ । मृत्यु भएका उम्मेदवारको दलले मात्र नयाँ मनोनयन गर्न पाउन भएकाले छोटो प्रक्रियाबाट मंसिर ४ गते नै निर्वाचन हुन्छ ।’
उम्मेदवारको निधन भएको औपचारिक जानकारी आउन साथ आजैबाट प्रक्रिया सुरु गर्ने शर्माले जानकारी दिए ।
गम्भीर प्रकारको नियोनियाबाट ग्रसित भएका प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।