Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु



विराटनगर : डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाएका ६ जनाको सनाखत भएको छ । उक्त भूकम्पमा परी ५ जना घाइते भएका छन् ।

गए राति २ बजेर १२ मिनेटमा गएको ६.६ रेक्टरस्केलको भूकम्पकका कारण पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा ८ घर भत्किएका छन्।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार ज्यान गुमाएको सबैको सनाखत भइसकेको छ ।

भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका-३ का ५० वर्षी प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया कीतुलछी बोहराले ज्यान गुमाएका छन् ।

यस्तै ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४२ वर्षीय केशरसिंह बोहरा र ३४ वर्षीया जगुदेवी बोहरा घाइते भएका छन् ।

घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले थप उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार