Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डमाथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास



विराटनगर : चुनावी अभियानका क्रममा सुर्खेत पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।

मंगलबार साँझ प्रचण्डसहित नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सवार हेलिकोप्टरमा जुत्ता प्रहारको प्रयास भएको हो ।

प्रहरीका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीहरुमाथि जुत्ता प्रहारको प्रयास भएको हो ।

प्रहरी स्रोतका अनुसार जुत्ता प्रहार गर्न खोज्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

आजैमात्र नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार विरोध खतिवडामाथि स्थानीयले कुटपिट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार