Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोट माग्न जाँदा माओवादी कार्यकर्ताबाट कुटिए विरोध खतिवडा



विराटनगर : सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खतिवडालाई एकजना स्थानीयले कुटपिट गरेका हुन् ।

भोट माग्नका लागि जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर-४ मा पुगेका खतिवडालाई गाडीबाट ओर्लनसाथ पुरुषोत्तम खड्काले दुई झापड हानेका हुन् ।

चुनावी अभियानमा रहेको खतिवडालाई झापड हान्ने खड्कालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ । खड्कालाई इलाका प्रहरी कार्यालय नेवारपानीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार खड्का माओवादी कार्यकर्ता भएको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार