विराटनगर : नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ५ को प्रदेश (२) का उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् ।
चुनावी अभियानमा रहेका अर्यालको नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको विराटनगर-२ स्थित विराट नर्सिङ होममा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।
अर्याल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।