Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकार : कार्य सम्पादन सम्झौता



विराटनगर । कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की र प्रमुख सचिव चन्द्रकला पौडेलबीच कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमअनुसारको वार्षिक प्रगति समीक्षा कार्यक्रम अन्तर्गत आइतबार सम्पन्न उक्त सम्झौतामा आगामी वर्ष प्रदेश सरकारका प्राथमिकता, लक्ष्य र उपलब्धि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मुख्यमन्त्री कार्कीले पारदर्शिता, समयमै कार्यान्वयन र परिणाममुखी शासन प्रणालीमार्फत जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, प्रमुख सचिव पौडेलले प्रशासनिक दक्षता र सुशासनलाई मजबुत बनाउन सचिवालय तथा मन्त्रालयहरू पूर्ण रूपमा क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।

कोशी प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेल, मुख्यमन्त्री हिक्मत कुमार कार्की सँग कार्य सम्पादन सम्झौता गर्दै।

प्रतिक्रिया
सम्बन्धित समाचार