Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ललित राजवंशीको घर बनाइदिने योजना छैन,



विराटनगर । कोशी प्रदेश सरकारले कुनै पनि खेलाडीको घर बनाउने घोषणा गरेको छैन । केही दिन यता केही सञ्चार माध्यममा प्रदेश खेलाडी ललित राजवंशीको सरकारले घर बनाइदिने भनेर  समाचार प्रकाशन तथा प्रसारण भइरहेको छ । कोशी प्रदेश सरकारले अहिले खेलाडीको घर बनाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

मुख्यमन्त्रीका सल्लाहकार विक्रम लुइटेलले सरकारको तर्फबाट त्यस्तो आश्वासन नदिएको बताउनुभयो । उहाँले अरु कसैले आश्वासन दिएको भए भिन्नै कुरा हो,तर प्रदेश सरकारले आश्वासन नदिएको जानकारी दिनुभयो ।

केही  दिनअघि  चर्चित राष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गर्न घरैमा पुग्नुभएका  मुख्यमन्त्री कार्कीले परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । दुःख व्यक्त गर्दा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको वृद्धि विकास र पारिवारिक विषयका मात्रै कुरा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार