Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सोलुखुम्बुको सिकारी डाँडामा टेम्पो दुर्घटना, एकको मृत्यु, तीन गम्भीर घाइते



सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीबाट ओखलढुङ्गातर्फ जाँदै गरेको टेम्पो आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन्।

सोलुदूधकुण्ड नगरपालिका–८ स्थित सिकारी डाँडामा अनियन्त्रित भएर टेम्पो झण्डै १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुवँरले जानकारी दिए । दुर्घटनामा २५–३० वर्षका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

घाइते तीन जनामध्ये टेम्पो चालक राजेश विकको अवस्था गम्भीर छ भने अन्य दुईको पनि अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरूको सल्लेरीस्थित फाप्लु अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतक तथा घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी छ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार