सप्तरी । बाढी र पहिरो जस्ता प्राकृतिक विपद्का बेला उद्धार कार्यका लागि अभ्यास गर्दै गरेका सशस्त्र प्रहरीका दुई जवान सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा मधेश प्रदेश सशस्त्र प्रहरी बल अन्तर्गतका जवान सुरज साउद र हरदेव राजवंशी रहेको प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० भोला दाहालले जानकारी दिए । विपद् पूर्वतयारीका लागि सप्तकोशीमा गोताखोरसहितको टोलीले उद्धार अभ्यास गरिरहेको बेला उनीहरू नदीमा बेपत्ता भएका हुन्।
घटनापछि खोजी कार्य तीव्र पारिएको प्रजिअ दाहालले बताए। घटनास्थलमा सप्तरी र सुनसरीबाट थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। खोजी कार्यमा जल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन संयुक्त रूपमा संलग्न छन्।
प्राकृतिक विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा उद्धार तयारी अभ्यासलाई नियमित बनाउने सरकारको नीति भए पनि यस्तो घटना सुरक्षाकर्मीको सुरक्षाप्रति प्रश्न उठाउने खालको भएको स्थानीयले बताएका छन्।