विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश प्रमुख परशुराम खापुङमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराउने निर्णय गरिएको छ। मन्त्री भण्डारीले जानकारी दिएअनुसार मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम स्वीकृत गरेको छ र त्यसलाई प्रदेश सभामा प्रस्तुत गर्न आवश्यक व्यवस्था मिलाइदिन प्रदेश प्रमुखसँग अनुरोध गरिनेछ।
प्रदेश सरकारको आगामी वर्षको कार्यदिशा र प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रदेश सभामा छलफल हुने प्रक्रिया सुरु हुनेछ।